काठमाडौँ,२३ साउन । प्रतिबन्धित भारीतय नोट सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा २ लाख १९ हजार भारतीय रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार मोतिहारी घोडासाहन बस्ने २९ वर्षीय अनिल कुमार रहेका छन् । उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई स्रोत समेत नखुलेको उक्त भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस