after_navbar

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


श्रावण २३, २०८१


काठमाडौँ,२३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ad

‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ,’ उनको सचिवालयले भनेको छ। हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर सुनेका थिए। लगत्तै उनले भेटघाट संक्षिप्त बनाए।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="