after_navbar

खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते


श्रावण २३, २०८१


सुर्खेत,२३ साउन। खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

ad

देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेमध्ये पाँच बालिका र छ बालक छन् । विद्यार्थीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="