after_navbar

२३ दिनमा आधा खर्ब राजस्व संकलन


श्रावण २४, २०८१


काठमाडौँ ,२४ साउन । संघीय सरकारले आर्थिक वर्षको पहिलो महिनाको २३ दिनमा करिब आधा खर्ब राजस्व संकलन गरेको छ । गत आर्थिकवर्षको यस अवधिमा सरकारले ४१ खर्ब राजस्व संकलन गरेको थियो ।

ad

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ ।

आर्थिक बर्षको शुरुवातबाटै राजस्व संकलनमा सुधार देखिएको छ । यद्यपि सरकारले चालुवर्ष निकै महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको छ । १४ खर्ब २२ अर्ब बढी राजस्व संकलनको लक्ष्य लिएको सरकारले यसका लागि कडा मेहनत गर्नुपर्ने बताएको छ ।

राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

साउनको २३ दिनमा ४ अर्ब ५९ करोड रुपैयाँ चालु खर्च भएको छ । यसका लागि सरकारले चालू वर्ष ११ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="