after_navbar

नाबालक छात्रासंग विवाह गर्ने मौलाना पक्राउ


श्रावण २४, २०८१


बाँके,२४ साउन । बाँकेमा नाबालक छात्रासंग बहुविवाह गर्ने मौलाना पक्राउ परेका छन् । जिल्लाको खजुरा गाउँपालिकास्थित एउटा मस्जिदमा अध्यापन गराइरहेका एक मौलानाले आफ्नै नाबालक छात्रासँग बहुविवाह गरेको आरोपमा पक्राउ परेका हुन् ।

ad

प्रहरीले खजुरा गाउँपालिका-८ चमकदारपुरस्थित बिलाली मस्जिदमा छात्रछात्रालाई उर्दु र अरबी अध्यापन गराउने मौलाना अतीक अहमद खालाई पक्राउ गरेको हो । उनकै श्रीमती मन्तसा खातूनले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धनौलीले उनलाई पक्राउ गरेको हो ।

३१ वर्षीय मौलानाको २ वटा बालबच्चा समेत छन् । तर उनले छात्रासँग समेत विवाह गरी एउटा बच्चा समेत जन्मिसकेको छ । उनी एक वर्ष अघि आफ्नै १४ वर्षीय छात्रालाई लिएर भारत भागेका थिए ।

उनीविरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज अशोक मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="