after_navbar

ग्वारखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते


श्रावण २५, २०८१


दाङ, २५ साउन। तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्।

ad

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख ९ १५ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकको बायाँ साइडमा दुर्घटना हुँदा बसमा सवार २० जनामध्ये ३ जना घाइते भएका हुन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने बसचालक फरार रहेका छन्। बसका सहचालक घोराई उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २२ वर्षीय भुवन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परी दाङ दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ बस्ने ६० वर्षीय प्रमी चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने रुचा कराला र तुलसीपुर उपमहानगरपालिका १४ बस्ने ३२ वर्षीय गीता बस्नेत घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="