दाङ,२५ साउन। एनआइसी एसिया बैंकले दुर्घटना वापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको राजपुर शाखाले दंगिशरण गाउपालिका वडा नम्बर १ घर भइ राजपुर गाउपालिकामा कार्यरत तारा बिकको परिवारलाई बीमा रकम प्रदान गरेको हो ।
दुर्घटनामा परि मृत्यु भएका बिकको परिवारलाइ बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।
स्वर्गीय बिकको श्रीमती निर्मला बिकलाई एनआइसी एसिया बैंक लुम्बिनी प्रदेश उपप्रमुख मनोहर ठकुरीले बिमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा उक्त रकम प्रदान गरिएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस