सुर्खेत, २६ साउन । सुर्खेतमा पेस्तोल सहित दुइ युवक पक्राउ परेका छन् । जिल्लाको चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर थापा रहेको प्रहरीले बताएको छ ।
पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस