after_navbar

खोलामा डुबेर एक बालकको मृत्यु


श्रावण २७, २०८१


दाङ , २७ साउन । खोलामा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो।

ad

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बिष्णुपुर निवासी ११ बर्षीय अनिष विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बौलाह खोलामा साथीहरूसंग नुहाउन गएका गएको अवस्थामा शनिवार दिउँसो खोलामा डुबेर बालकको मृत्यु भएको हो ।

खोलामा डुबेर बगेका बालकको शव शान्तिनगर–५ रगैजास्थित सिचाईबाँधमा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख ९इन्स्पेक्टर० अजयजंग थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="