after_navbar

स्नातक पढ्ने विद्यार्थीलाई नगरले भर्ना गरिदिने


श्रावण २७, २०८१


गुल्मी ,२७ साउन ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक पढ्न चाहने विद्यार्थीलाई क्याम्पसमा भर्ना गरिदिने नीति लिएको छ ।
सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना नगर पालिकाले गरिदिने भएको हो । गरिदिने भएको हो । क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदिने नगरपालिकाले जनाएको छ ।

ad


क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भर्ना शुल्क तिरिदिन लागेको हो । क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ तोकेको छ । नगरपालिकाले यस वर्ष ३०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको जनाएको छ ।

ad


नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै १ करोड रुपैयाँ सहयोग गरेको थियो । सदरमुकाम तम्घासमा समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घट्दै गएको छ । हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत छन् ।
स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ ।

ad


रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उत्तीर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि मासिक १ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="