after_navbar

प्रधानमन्त्री ओलीलाई सहकारी महासंघको ध्यानाकर्षण पत्र


श्रावण २८, २०८१


काठमाडौँ,२८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सहकारी महासंघको टोलीले ध्यानाकर्षण पत्र बुझाएको छ। प्रधानमन्त्री ओलीलाई भेटेर महासंघ नेतृत्वको टोलिले सहकारी सुधार एवं समस्या व्यवस्थापनको ध्यानाकर्षण पत्र बुझाएको हो ।

ad

महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने विषय तत्काल कार्यान्वयन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै यस सम्बन्धमा सरकारले अग्रसरता लिन आग्रह गरिन् ।

त्यसैगरी सहकारीलाई सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रित हुनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिएकी छिन् । सहकारी प्रवर्द्धन कोषलाई परिचालन गर्न सकेमा महासंघ बलियो हुने उनको भनाइ छ ।

अर्को महत्वपूर्ण पक्ष सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुष्प्रचार फैलाएका कारण समेत समस्या आएकाले अहिले सडकदेखि सदनसम्म सहकारीको विषय उठेको उनको भनाइ छ ।

सोही अवसरमा अध्यक्ष मल्लले सहकारीको पुँजी परिचालन गर्नका लागि करिब ४७ वटा ऐन बाधक रहेकाले ती ऐनहरूको संशोधन गर्नुपर्ने लगायतमा बुदाहरु समेटिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="