दाङ,२७ साउन। सिद्दार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, जोरधारामा हाइस दुर्घटना भएको छ। हाइस दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।
बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस सोमबार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएको हो ।
घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्रभास र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी अस्पताल पठाएका हुन् ।
तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्चुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीरकोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
चालक जिल्ला स्याङ्जा वालिङ नगरपालिका–६ का शेखर कोइराला प्रहरीको नियन्त्रणमा छन् । सवारी दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस