after_navbar

रुसमा संकटकाल घोषणा


श्रावण ३०, २०८१


एजेन्सी । रुसमा क्षेत्रीय संकटकाल घोषणा गरिएको छ । युक्रेनी गतिविधिका कारण उत्पन्न अवस्थालाई मध्यनजर गदै क्षेत्रीय संकटकाल घोषणा गरिएको हो । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लो डकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।

‘जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालिन अवस्था घोषणा गरिएको छ’, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="