दाङ,३० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायाण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वनसको मत प्रयोजनका लागि पत्र पठाइसकेका छन् ।
त्यस दिनको प्र्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी विषय कार्यसूचीमा राखिएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । आचार्य साउन ७मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एमाले र कांग्रेसका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेकाले उनले सहज विश्वासको मत पाउनेछन् ।
सरकारलाई पूर्णता दिन अझै बाँकी छ । कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस