धनगढी,३० साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा उनलाई ३६ सांसदले समर्थन जनाए ।
शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत दिए भने माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरी ८ सांसदले विपक्षमा मतदान गरे । स्वतन्त्र सांसद डा ताराप्रसाद जोशी तटस्थ बसे ।
संघमा राजनीतिक समीकरण परिवर्तन भएपछि २० साउनमा शाह मुख्यमन्त्री बनेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस