after_navbar

भीरबाट लडेर एक बालिकाको मृत्यु


श्रावण ३१, २०८१


जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो ।

ad

स्थानीय शिक्षक जय बहादुर नेपालीले हिजो घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको जानकारी दिए ।

उता जुनिनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा,चिप्लिएर खोलामा ३ दिन अघि बेपत्ता भएको जुन चाँदे गाउँपालिका १० का २१ वर्षका तेज बहादुर रोकाया को खोजी कार्य जारी रहेता पनि हाल सम्म शव प्राप्त गर्न नसकिएको स्थानीय शिक्षक तीर्थ रोकायाले जानकारी दिए ।

जाजरकोटमा रुख र भिर वाट लडेर वर्षेनी ५० भन्दा बढी नागरिकहरूले अकालमै ज्यान जोगाउने गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ । यसको सुरक्षा र सचेतनाका लागि स्थानीयलाई जागरूक बनाउनु पर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="