after_navbar

चेम्बर अफ कमर्शमा सल्लाहकार मनोनित


श्रावण ३१, २०८१


दाङ, ३१ साउन ।
तुलसीपुर चेम्बरअफ कमर्शको नवनिर्वाचित कार्यासमितिमा सल्लाहकारहरु मनोनित गरेको छ । विहिवार कार्यालयमा बसेको बैठकले विभिन्न क्षेत्रका चार जना व्यक्तिहरुलाई सल्लाहकारमा मनोनित गरेको हो । चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले समितिको सल्लाहकारहरुमा व्यवसायीहरु नेत्रलाल वली, तेजविक्रम घर्ती, बेनु अधिकारी र नन्दनसिह रोकालाई मनोनित गरेको हो ।

ad

बैठकले सामाजिक उत्तरदायित्व अन्तरगत पहिलो कार्यक्रम तुलसीपुरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । चेम्वर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीको जन्मदिनको अवसर पारेर भदौ चार गते तुलसीपुरमा वृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

विभिन्न संघसंस्थामा नेतृत्व गर्दै र नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका अध्यक्ष भण्डारीले यस अघिका वर्षमा पनि निरन्तर र नियमित रुपमा रक्तदान र विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका थिए । विगतका वर्षहरुमा रक्तदान कार्यक्रम गर्दे आएका अध्यक्ष भण्डारीले यस पटक संस्थासंग जोडिएर रक्तदान गर्न लागेको बताए । संस्थागत रुपमा सामाजिक कार्यको थालनी गरौ भन्ने सबै साथिहरुको सल्लाह भयो अनि ४ गते रक्तदान कार्यक्रम गर्दै छौ, अध्यक्ष भण्डारीले भने । विहान ८ बजे चेम्बरको कार्यालयमा रक्तदान कार्यक्रम गरिने भएको छ । कार्यक्रममा सहभागि हुन अध्यक्ष भण्डारीले सबैमा आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="