after_navbar

३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री


श्रावण ३२, २०८१


काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।

ad

उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।

बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="