दाङ,३२ साउन । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कक्षा १२ का छात्र अल्विन खड्काको अध्यक्षता एवम् का विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उनले विद्यालयको शैक्षिक गतिविधीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजाने बताए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामि दिनको शुभकामना मन्तव्य दिएका थिए । विद्यालयको शिक्षण सिकाइले शैक्षिक सफलताका लागि थप उर्जा मिल्ने बताइन । विद्यालयमा सिकेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको भविष्य बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका संयोजक महेन्द्र पौडेल , विद्यालयका प्लसटु बिज्ञान संयोजक अजय शाह, व्यबस्थापन संयोजक राजन अधिकारी , संस्कार प्रमुख भुगोल कवर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कक्षा १२ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा १२ प्रशंसा शर्मा , सृज्वल पौडेल र सन्दिप पौडेल र सिम्रन गिरीले गरेका थिए । नेपाली बिषयका विभागीय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस