after_navbar

सूचनामा नागरिकसंग राज्य जोडिनु पर्छ : सभामुख घर्ती


भदौ ०१, २०८१



दाङ,१ भदौ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राज्यको निकायले सूचनाको हकलाई नजिकबाट हेर्नुपर्ने बताएका छन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई मौलिक हकका रुपमा परिभाषित गरेको भन्दै हरेक निकायले जनस्तरमा पुग्नेगरि सुचनाको हक प्रत्याभूत गरिनु पर्ने बताए । सन्चारिका समूह नेपालको आयोजना तथा द एशिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा सन्चालन भएको सूचनाको हक सम्बन्धि प्रशिक्षण शिविरमा सभामुख घर्तीले यस्तो बताएका हुन् ।

ad

घर्तीले राज्य अझैपनी सूचनामा नागरिकसंग प्रत्यक्ष जोडिन नसकेको बताए । राज्यको कुटनैतिक गोपनियतालाई ध्यानमा राख्दै सुचनालाई जनताको अधिकार सुनिश्चिततासंग जोडेर लैजानुपर्ने बताए। राज्यले खर्च ब्यबस्थापन कसरी गरिएको छ ? ऐनकानुनको निर्माण कसरी भइरहेको छ ? त्यसको सहजै अध्य्यन, अनुगमन र अबलोकन गर्न पाउनुपर्ने बताए ।


संसद जनताको पक्षमा बोल्ने ठाउँ भएको भन्दै उनले संसद जनताको अधिकार सुनिश्चितताका लागि पैरवी गर्दै आएको बताए । जनताको विश्वासलाइ मनन गर्दै जनताको अधिकारलाई मन्तव्यको काम गर्दै आएको उनको भनाई थियो । अहिलेसम्म आम नागरिक सूचनाको हक माग्न नआएको भन्दै जनता र सरकालाइ जोड्ने काम सन्चारक्षेत्रले गर्ने गरेको उनले बताए।


“अहिलेसम्म यस्तो सुचना चाहियो भनेर आएको थाहा छैन,उनले भने-” राज्यका हरेक अंगलाइ जनतासंग जोड्नेकाम सन्चारको काम हो।” सरकार र संसदीय मूल्य मान्यता र मयार्दाको ख्याल गरि सुचनालाइ सम्प्रेषण गर्न उनले अनुरोध समेत गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="