दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको लिन लागेका छन । आज भैरहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका छन ।
लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासकाे मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरुसंग पनि विश्वासकाे मत दिन अनुरोध गरेका छन । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस