after_navbar

महेन्द्र वहुमुखी क्याम्पस क्षेत्रमा बम बिस्पोट


भदौ ०६, २०८१


दाङ, ६ भदौ  । दाङको घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पस क्षेत्रमा सुतली वम बिस्पोट गरिएको छ ।
मोटरसाइकीलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतली वम विस्फोड गराएको प्रहरीले बताएको छ ।  उनीहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

ad

उनीहरुबाट सुतली वम जस्तो देखिनेबस्तु समेत फेला परेको छ  । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपि राम प्रसाद तिमल्सिनाले क्याम्पसमा शंकास्पद बस्तु फेला परेको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनका अनुसार पक्राउ पर्नेमा अभियान थापा र क्याम्पसमै अध्ययनरत सुदन कार्की रहेका छन् ।  घटना वारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="