after_navbar

सबैको धार्मिक आस्था एकै ठाउँमा छ : पूर्व मुख्यमन्त्री चौधरी


भदौ १०, २०८१


दाङ, १० भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले धर्म सस्कृति मनाउने शैली, तरिका, प्रकृति र अवस्था फरक फरक भए पनि धार्मिक आस्था एउटै भएको बताएका छन ।

ad

कृष्ण मन्दिर व्यवस्थापन समिति दुधेनाले कृष्ण जन्माष्टमीको अवसरमा आयोजनामा गरेको त्रिदिवसीय कृष्ण महोत्सवको अवसरमा पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन । उनले भगवानलाई मान्ने, सम्झने, पुजा गर्ने तरिका, शैलि फरक फरक भए पनि आस्था भने एउटै भगवान प्रति रहेको र भगवानप्रति सदाउच्च आदर रहने बताए । परम्परागत चाडपर्वहरु, सस्कृतिहरु पुराना छन यिनको संरक्षण निरन्तर आवश्यक रहेको भन्दै संरक्षणमा जुटनु पर्ने बताए ।

उनले अहिले कृष्ण मन्दिर धार्मिक स्थलकोरुपमा विकास भइरहेको भन्दै यसको समग्र विकासका लागि थप पहल र योजनाका लागि आफु सकारात्मक भएको भन्दै केहि न केहि गर्ने प्रतिबद्धता जनाए । उनले यहाँको विकासको लागि आफनो कर्तव्य पनि भएको भन्दै प्रदेश सरकारको तर्फवाट देखिने गरि काम गर्ने बताए । उनले यहाँको धार्मिक र पर्यटकीय स्थलको विकासमा सबै एक भएर लाग्नु पर्ने औल्याए । नेता चौधरीले धर्म सस्कृति, परम्पराको संरक्षणको लागि सबै संगसंगै एक भएर जानु पर्ने बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगात सदस्य इन्द्र चौधरी र सञ्चालन सचिव भूप बहादुर केसीले गरेका थिए । कृष्ण महोत्सवको मुख्य दिन आज तुलसीपुर नगर सेजिसले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="