after_navbar

३३ करोड लगानीमा सभाहल


भदौ १२, २०८१


काठमाडौं ,१२ भदौ । दाङको लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्ट्रक्चर निर्माणको काम सकिएको छ ।

ad

सघन सहरी तथा भवन निर्माण आयोजनाका दाङका प्रमुख खड्ग चौधरीका अनुसार एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत करिब ३३ करोड २१ लाख रुपैयाँ (भ्याटसहितं मा निर्माण गर्न थालिएको हो । लमहीमा सभाहल, धार्मिक एवम् पर्यटकीय क्षेत्र रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवम् नाला निर्माणको काम भइरहेको छ । 

सभाहलको स्ट्रक्चर निर्माणको काम सकेर अहिले फिनिसिङको काम भइरहेको आयोजना प्रमुख चौधरीले बताएका छन । त्यसपछि टपमा ट्रस्ट राख्ने, सभाहलमा सिट राख्ने, रङरोगन, वायरिङ, साउन्ड सिस्टमलगायत सभाहल परिसरमा ब्लक बिछ्याउने लगायतका काम गर्न बाँकी रहेको छ । करिब चार सय जना अट्ने क्षमतासँगै छुट्टाछुट्टै बैठक बस्न मिल्ने हलसमेत निर्माण भइरहेको उनले बताए ।

लुम्बिनी प्रदेशको राजधानी समेत रहेको लमहीमा सभाहल नहुँदा बाहिर टेन्ट राखेर ठूला कार्यक्रम गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा लमहीमा बनिरहेको सभाहलले ठूलो सहयोग पुग्ने बताइएको छ । सभाहल निर्माणले आर्थिक विकाससँगै लमही क्षेत्रको चहलपहल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सभाहलसहित रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवम् नाला निर्माणका लागि २०७९ फागुन ११ मा शिवशक्ति कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग सम्झौता भएर काम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="