after_navbar

बँदेल मारेको आरोपमा पूर्वडिआइजीसहित १० जना पक्राउ


भदौ १३, २०८१


काठमाडौँ,१३ भदौ । बँदेल मारेको आरोपमा नेपाल प्रहरीका पूर्वडिआइजीसहित १० जना पक्राउ परेका छन् ।
पूर्वडीआईजीसहितको टोलीलाई सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी क्षेत्रबाट पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका हुन्।शाहको टोलीले बँदेल मारेर ट्याक्टरमा लुकाएको अवस्थामा गस्ति गएको प्रहरीको टोलीले फेला पारेको थियो।

ad

बँदेल मारिसकेका पूर्वडीआईजी शाहसहितको टोली स्कोर्पियोमा रहेको अवस्थामा हतियार पनि भेटिएको थियो। बँदेल मारेर राखिएको ट्याक्टर कसको हो भन्ने खुलेको छैन।

सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई सप्तरी प्रहरीमा राखिएको छ। शाहसँगै चोरीशिकार अभियोगमा नेपाल प्रहरीका बहालवाला सई मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ गरेकाहरूमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव र हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला छन्।

त्यसैगरी सप्तरीकै हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरू सवार गाडीबाट प्रहरीले प्वाइन्ट २.२ क्यालिबर राइफल पनि बरामद गरेको छ। प्रहरीले प्वाइन्ट २.२ क्यालिबर राइफल, त्यसको २ वटा म्याग्जिन, केही राउण्ड गोली, बाइनाकुलर तीनवटा, एउटा ट्राइपोर्ट, फलामको हथौडा एउटा, खुर्पा एउटा पनि बरामद भएको छ।

प्रहरीले प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा शिकार गरिएको बँदेल पनि बरामद गरेको छ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले पूर्वडीआईजी शाह पक्राउ परेको बताए। ‘घटना भएनजिकै उहाँलाई पनि टेर हामीले सोधपुछका लागि ल्याएका हौँ,’ उनले भने, ‘उहाँको संलग्नता छ÷छैन भन्ने पुष्टि हुन बाँकी छ।’

उनले गोली हानेर मारेको अवस्थामा बँदेल बरामद भएको बताएका छन्। तर बँदेललाई कसले गोली हानेको भन्ने विषयको अनुसन्धान भइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="