after_navbar

भन्सार छली ल्याएको २१० बोरा चिनी बरामद


भदौ १३, २०८१


दाङ,१३ भदौ । भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

ad

विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपालतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिवकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताए ।नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा छ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रकको १९ लाख गरी १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।


एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रकसहित दुई सय १० बोरा चिनी बरामद भएको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="