जाजरकोट,२३ भदौ । पहिरोमा पुरिएर जाजरकोटमा एक दम्पति बेपत्ता भएका छन्। जिल्लाको बारेकोट गाउँपालिका वडा नं ६ धुमामा पहिरो खस्दा श्रीमान श्रीमती बेपत्ता भएका हुन्।
पहिरोमा परी प्रेमकुमारी चलाउने र उनका श्रीमान महानबहादुर चलाउने बेपत्ता भएको वडा नं ५ का वडा अध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए। बेपत्ता भएकामध्ये प्रेमकुमारी चलाउने वडा नम्बर ६ कि वडा सदस्य हुन्।
पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए । गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ ।।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस