दाङ, ५ असोज । लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ ।
घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हाे । रा १ क १३४८ नम्बरकाे ट्रक र बा ७ त ५६७७ नम्बरकाे टिप्पर ठाेक्किदा बाटाे अवरुद्ध भएको छ ।
लमहीबाट घाेराही जाने सवारीसाधन र घाेराहीबाट लमही आउने सवारीसाधन विचमा अलपत्र परेका छन । अवरुद्ध सडक खुलाउने बिषयमा घटनास्थलमा प्रहरी परिचालन भएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस