after_navbar

कांग्रेसको सिप विकास विभागमा सदस्यहरू मनोनीत


असोज ०६, २०८१


काठमाडौं। नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् ।

ad

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यावसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="