दाङ,९ असोज। दाङमा चट्याङ लागेर दुईवटा बाख्रा मरेका छन्। दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ को गौरीगाउँ निवासी तुलसा ओलीको एक र रेणु बिकको एक गरी दुईवटा बाख्रा मरेको वडा अध्यक्ष रोशन जंग शाहले जानकारी दिए ।
उनका अनुसार आज मंगलबार बेलुका पौने ५ बजेको समयमा बर्षासँगै आएको चट्याङ लागेर ती बाख्रा मरेका हुन् । जसबाट ३० हजार भन्दा धेरैको क्षेती भएको पिडित किसानले बताएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस