after_navbar

सप्तकोशी बस दुर्घटना :  २० जनाको उद्धार (अपडेट)


असोज १०, २०८१


दाङ, १० असाेज । कोशी ब्यारेज बाट सप्तकोशी नदीमा खसेको  बसमा रहेका  २० जना यात्रुलाई उद्धार गरिएको छ। विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस  कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो । 

ad

मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।  उद्धार गरिएका  घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पठाएको छ । 
ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर कोशी ब्यारेजको पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="