after_navbar

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस


असोज ११, २०८१


काठमाडौँ ,११ असोज।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए ।

ad

परिषद् बैठकले न्याय परिषद् ९पहिलो संशोधन० नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै परिषद् बैठकले उच्च अदाततका १४ जना न्यायाधीशहरूको सरूवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="