काठमाडौं,१३ असोज । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ ।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको बताइएको छ ।
गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीलेका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क भएपनी त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि एकिन भएको छैन् ।
बसको खोजिकार्यका लागि यातायात प्रालिले अपिल गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस