after_navbar

मङ्गलबार दिउँसोसम्म घाम लाग्ने बुधबारदेखि पुनः वर्षा


असोज १४, २०८१


काठमाडौँ ,१४ असोज ।सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ।

ad

आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए।

मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको उनले बताए। 

बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए। उनकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="