काठमाडौं,१८ असोज ।चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा दशैंअवधिभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
तथापी प्रचलित कानूनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस