दाङ,२४ असोज । सल्यानमा सवारी दुर्घटना हुदा १६ जना घाइते भएका छन । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिकामा दुर्घटना भएको छ।
लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको सल्यान प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रागेचौरका अनुसार बिहिबार बिहान गाडी दुर्घटना भएको हो।
घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस