दाङ ,२८ असोज। नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा दाङका १६ जनासहित २१ जनालाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका , दङ्गीशरण गाउँपालिका र ललितपुर महानगरपालिकाका गरी २१ जनालाई प्रहरीले पक्राउ गरेको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित गैरापातु बस्ने शिवबहादुर बिक्कको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरीको टोलीले वडा नम्बर ३ बस्ने ३३ वर्षीय टेकबहादुर बिक सहित पाँच जनालाई शनिबार राति पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका(४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस