after_navbar

दंगीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते


असोज २८, २०८१


दाङ २८ असोज। पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं ५ पोटलीचोकमा सोमबार बेलुकी भएको अटो दुर्घटनामा परि तीनजना घाइते भएका हुन्।

ad

तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको रा १ ह २१०८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटो चालकसहित तीन जना घाइते भएका हुन्।

दुर्घटनामा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ निवासी ४० वर्षीया सुन्तली परियार र सोही ठाउँकी ६५ वर्षीया धनी परियार घाइते भएका छन्। दुबैजनाको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ।

सुन्तली परियारको अवस्था मध्यम रहेको छ भने धनी परियारको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

यसैगरी,अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ६१ वर्षीय गोपाल चौधरीपनि दुर्घटनामा घाइते भएका छन्। घाइते तीनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा परेको अटोलाई नियन्त्रणमा लिईएको छ भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="