दाङ २९ असोज । दाङमा एक युवक आफैंले गरेको चक्को प्रहारबाट एक युवकको मृत्यु भएको छ। आफ्नै पेटमा चक्को प्रहार गर्दा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
भक्तपुर जिल्लाको नगरकोट गाउँपालिका वडा नं १४ घर भई हाल दाङको बबई गाउँपालिका वडा नं ४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीय छोरा अनिल तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए। त्यु
मङ्गलबार बिहान९:३० बजेतिर मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद गरेपछि अनिलले आफ्नै पेटमा चक्को प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक थापाले बताए ।
घटना लगत्तै गम्भीर घाइते अनिललाई सँगै राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थियो।
उपचारकै क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस