काठमाडौं,२९ असोज । शिवपुरी खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ। खोलाको दहमा डुबेका बालकको खोजीका क्रममा एक दिनपछि शव फेला परेको हो।
आफन्तकोमा दसैंको टीका थाप्न गएका ९ वर्षीय सिशान तामाङ सोमबार पौडी खेल्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए। उनको स्थानीयबासी, सशस्त्र प्रहरी र प्रहरीले खोजी गर्ने क्रममा एक दिनपछि फेला पारेको प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए।
उनका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका(८ भिमढुङ्गाका दिनेश तामाङ र अप्सरा तामाङका छोरा सिशान तामाङसँगै आफन्तकोमा टीका लगाउन गएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस