after_navbar

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१२ जना घाइते


असोज ३०, २०८१


डडेल्धुरा,३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

ad

दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

बैतडीको पुर्चौंडी नगरपालिका(३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका(७ खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

बसचालक पुर्चौँडी नगरपालिका(८ २४ वर्षीय वीरेन्द्र बोहरा, गम्भीर घाइते भएका छन्। पुर्चौँडी(८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं। ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं। १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका छन्।

यस्तै पुर्चौँडी नगरपालिका(७ का २४ वर्षीय नवराज साउँद, वडा नं। ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका(४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका(१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका(५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका(५ की ६५ वर्षीया धनमती साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए।

बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="