दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ह ५३९८ नम्बरको अटो र सोही दिशाबाट जाँदै गरेको भे ५ प ७१५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-५, हस्नापुर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३९ वर्षीय हरि प्रसाद चौधरी घाइते भएका छन्। उनको अनुहार र बायाँ हातमा चोट लागेको छ। उनलाई उपचारका लागि सीटी अस्पताल लगिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि अटो चालक तुलसीपुर उपमहानगरपालिका-५ निवासी ३२ वर्षीय राम बहादुर चौधरीसहित दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस