after_navbar

तुलसीपुरमा जुवा खेलिरहेका ११ जना पक्राउ


फागुन २१, २०८१


दाङ,२१ फागुन ।दाङको तुलसीपुरमा जुवा खेल्दै गरेका ११ जनालाइ प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-९, रामनगर टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको हो।

ad

प्रहरीका अनुसार, २०८१ फागुन २१ गते बेलुकी करिब साढे ४ बजे अबैध जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबाट नगद रू. १,१६,८०० एक लाख सोह्र हजार आठ सय रुपैयाँ र ७ गड्डी तास बरामद गरेको छ।

ad

पक्राउ परेका ११ जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="