after_navbar

रोल्पाका पूर्व वडाअध्यक्ष रसियाको लडाईमा मृत्यु


फागुन २६, २०८१


रोल्पा, २६ फागुन।
रोल्पाको सुनछहरी गाउँपालिका–६ जैमाकसलाका पूर्व वडाअध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईमा मृत्यु भएको छ । उनी सुनछहरी गाउँ पालिका वडा नं ६ का २०७४ का अध्यक्ष हुन ।

ad

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीयत तहकै निर्वाचनमा पुनः वडाअध्यक्षको उम्मेदवार रहेका थिए । वडाअध्यक्षमा पराजित बनेपछि उनी रसिया गएका थिए । पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाईले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसवुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।

ad

परिवारले फागुन २४ गते मात्र उनको मृत्युको थाहा पाएका थिए । बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । केही हप्तादेखि सम्पर्क विहिन बनेपछि परिवार आत्तिएका थिए । उनको मृत्यु भएको यकिन मिति समेत थाहा भएको छैन । उनले रसियाको सेना छाडेर घर आउने पनि बताउदै आएको आफन्त बताउँछन् ।
सोमबार बेलुका उनको मृत्युको खबर सामाजिक संजालमा फैलिएको थियो । वडाको पूर्वअध्यक्ष भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेता समेत रहेका थिए ।
सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको वताए । ‘म गाउँपालिकामा अध्यक्ष निर्वाचित हुँदा उहाँ वडाअध्यक्ष निर्वाचित हुनु भएको थियो । पाँच वर्ष सहकार्य गरियो ।’, गाउँपालिकाका पूर्वअध्यक्ष पुनले भने, ‘उहाँको मृत्युको खबरले स्तब्ध भएको छु ।’

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="