after_navbar

प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन: काग्रेस प्रवक्ता महत 


बैशाख १४, २०८२


दाङ । नेपाली काग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी नभएको बताएका छन । देशका  दुई ठुला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको भन्दै सरकार प्रति आलोचना गरे । काग्रेस नेता महतले प्रधानमन्त्रीले समन्वय , सन्तुलन मिलाउन नसकेको भन्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।

ad

प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा  नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप छ ।काग्रेस नेता महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली काग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको बताए ।  सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनीतिक नेतृत्वले अनावश्यक आस्वासन बाँढदै हिड्न हनुने पनि बताए  । एक अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धीत व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए  । पुर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको जिकिर गरे ।

ad

प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षता तथा उपाध्यक्ष पार्वती वस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="