after_navbar

सीपले जीवन जिउन सिकाउँछ: पूर्व मुख्यमन्त्री चौधरी


बैशाख २१, २०८२



दाङ । सीपले जीवन जिउन सिकाउने कला निर्माण गर्ने पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीले बताएका छन। महिलाहरूले सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने अवस्था आएको र सो अन्तर्गत प्रदेश सरकार र आफूले पनि भूमिका निर्वाह गर्दै आएको उनले बताए। महिलाहरुले मासिक रुपमा २५ /३० हजार कमाउन सक्ने भए मात्रै देश आर्थिक समृद्धिमा जाने भन्दै उनले यसका लागि  महिलाहरुमा सीप विकास अनिवार्य रहेको बताए । 

ad

दाङको तुलसीपुरमा सुरु भएको थारु तथा बिपन्न महिलाहरुका लागि सिपमुलक तालिम कार्यक्रम अन्तर्गत एड्भान्स कटाई सिलाई तालिमको शुभारम्भ गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले सिप सिक्नु मात्रै ठूलो कुरा नभएको भन्दै त्यसलाई ब्यबहारिकरुपमा प्रयोग गर्न पर्ने बताए । ‘सिक्नु भएको छ त्यसलाई थप सिकेर ब्यवसायीकरण गर्नु होस । ‘ राम्रो र गुणस्तरीय उत्पादन भएको बस्तु बजारीकरनमा पूर्ण सहयोग हामी गर्छौ ।  उनले  आधुनिक संगै परम्परागत शैलीका सामग्री उत्पादन गरौ, उनले भने । हरेक महिला उद्धमी बन्नु पर्छ ।  सिप सिकौ क्षमता बढाउ,  नयाँ पनि सिकौ पुरानो पनि सिकौ उनले भने । 

ad

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका ६० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम २ महिना सम्म सन्चाअलन हुने छ ।  डिभिजन प्रमुख गिरिराज पाण्डेले सिकेको सीपलाई अबसरको रुपमा लिएर सदुपयोग गर्नु पर्ने बताए । सिकाइ विचित्र हुन्छ । कक्षा एउटै हुन्छ सिकाइ फरक हुन्छ । सबैले राम्रो सिकाइ सिकौ । उनले बहने आफै लाग्नु पर्छ । सिकाइ आफ्नै हातमा निर्भर रहने बताए ।

ad

कार्यालयका अधिकृत पोखर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा ब्यबस्थापक शान्ता चौधरीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सन्चालन सन्दीप केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="