after_navbar

तुलसीपुर शृङ्गारिक महा-आरती महा-महोत्सव


बैशाख २३, २०८२


दाङ । दाङको तुलसीपुरमा मंगलबार देखि शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ । श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले उद्घाटन गरेका हुन ।

ad

अध्यक्ष शाहले बहुउद्देश्यीय सभाहल निर्माण जस्तो पवित्र धार्मिक अनुष्ठान, शृङ्गारिक महा-आरति धर्म जागरण सप्ताह महा- महोत्सवलाई उदेश्य र लक्ष्य अनुरुप सार्थक र परिणाममुखी बनाउनु पर्ने बताए ।  धर्मको रक्षार्थ धर्म जागरणका लागि यस्ता अनुष्ठानको महत्वपूर्ण भुमिका छ,फेरि यो पवित्र उदेश्य राखेर आयोजना गरिएको अनुष्ठान हो यसर्थ सबै दिब्यजनमा आ- आफ्नो क्षेमता अनुसार सक्दो दान मार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरे । महोत्सवका  प्रमुख कथा बाचक पण्डित जीवन न्यौपाने शास्त्री रहेका छन ।

ad


महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका सल्लाहकार, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्मा, महोत्सवका सह अध्यक्ष  यमुना शाह,जेष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी लगाएतले शुभकामना राखेका थिए । महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका मुल समारोहका संयोजक पुर्ण प्रसाद धितालको अध्यक्ष तथा सह अध्यक्ष गोकर्ण गिरिको स्वागत रहेको कार्यक्रममा दुर्गा प्रसाद भुसालले स्वागत गान प्रस्तुत गरेका थिए ।

ad

महा-महोत्सवका वरिष्ठ सल्लाहकार मान बहादुर डागीले धन्यवाद तथा आभार प्रकट गरे ।  संचालन महामहोत्सव मुल समारोहका सचिब लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="