काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।
तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने। समितिले निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो ।
गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्त प्रक्रिया अगाडि बढेको थियो।
त्यसलगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठक बसेको थियो। समितिको बैठकले पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस