after_navbar

तुलसीपुर कारागारमा स्वास्थ्य शिविर : नसर्ने रोगका विरामी धेरै


जेठ ०८, २०८२


दाङ ।
दाङको तुलसीपुर कारागारमा नसर्ने रोग सम्बन्धिको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तुलसीपु कारागारका शिविर सञ्चालन गरिएको हो । कारागारमा रहेका ५ सय कैदीबन्दीहरुलाई दुइदिन लगाएर नसर्ने रोग सम्बन्धिको परीक्षण, परामर्श र रोकथामको विषयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यले वताए ।

समुदायमा सर्ने रोग भन्दा नसर्ने रोग बढी पाइएको र यसमा सतर्कता अपनाउनु पर्नेे अवस्था छ । त्यस कारण नसर्ने रोगको रोकथामका लागि आनी बानी, आहारविहारको सुधार आबश्यक रहेको भन्दै परामर्श तथा सचेतनाका लागि तुलसीपुर कारागारका कैदीबन्दी केन्द्रित कार्यत्रम गरिएको जानकारी दिए ।

उनले नसर्ने रोगका कारण मानिसले समस्याहरु भोगि रहेको अवस्थामा कैदीबन्दीहरुलाई आफनो स्वास्थ्य अवस्था जानकारी होस र सकारात्मक सजकता  तथा सर्तकता अपनाउन सकुन भन्ने उदेश्यले शिविर सञ्चालन गरिएको वताए । शिविरमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, एचआइभी रोकथाम तथा स्क्रीनिङ गरिएको थियो । कारागार प्रसाशनको अनुरोधमा गरिएको शिविरमा झण्डै ५ सय जनाले सेवा पाएको उनले बताए ।
स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिएकोले कैदीबन्दीहरुको स्वास्थ्य अवस्था बुझन कार्यक्रम गरिएको बताए । नागरिकको स्वास्थ्य सुरक्षाको दायित्व राज्यको र सरकारको भएको हुदा यस्तो कार्यक्रम कारागारमा समेत गरिएको उनले बताए ।
उच्च रक्तचापका विरामी धेरै

कारागार कार्यालय तुलसीपुर दाङमा रहेका कैदीबन्दीहरुमा उच्च रक्तचाप धेरै देखिएको छ । कारागारमा रहेका झण्डै ५ सय जना कैदीबन्दीहरु मध्य १ सय ७४ जनामा उच्च रक्तचाप देखिएको हो । परिक्षणमा सहभागि ४ सय ७९ जना कैदीबन्दीहरु मध्य ३ सय ५ जनाको रक्तचाप सामान्य रहेको कारागार कार्यालय तुलसीपुरका स्वास्थ्य प्रमुख दोर्णबहादुर वलीले जानकारी दिए । १२९ जनामा मधुमेहको आसंका गरिएको छ । परिक्षणमा आसंका गरिएका १ सय २९ कैदी बन्दीहरु महुमेहको जोखिममा रहेको उनले बताए । ३ सय ५० जनामा सामान्य अवस्था भेटिएको छ । त्यसै गरि ६१ जनामा पिसापको समस्या संकास्पद भेटिएको छ । स्वास्थ्य प्रमुख वलीले उच्च रक्तचाप भएका, संकास्पद सबै जानलाई अस्पतापमा थप परिक्षण गर्नु पर्ने अवस्था रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="