after_navbar

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ


जेठ ०, २०८२


काठमाडौँ, ८ जेठ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका(४ बस्ने तनहुँको भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय विकास गुरुङ, काठमाडौं महानगरपालिका(३२ बस्ने सिन्धुलीको कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका(३१ बस्ने ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका(१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका(२ बस्ने कञ्चनपुरको बेदकोट नगरपालिका(३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।

पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ र लोकजनले थाइल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासलाई काठमाडौं महानगरपालिका(१२ बाट, रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका(१२ बाट र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="